नियम ४०
पुन जाँचपास गर्नुपर्ने
(१) ऐनको दफा ९१ बमोजिम दिइएको जाँचपास प्रमाणपत्रमा उल्लिखित अवधि समाप्त भएपछि पुन जाँचपासको लागि सवारी धनी वा व्यवस्थापकले ऐनको दफा ९२ बमोजिम त्यस्तो जाँचपास प्रमाणपत्र दिने कार्यालयमा अनुसूची–४३
बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पुन जाँचपासको लागि दरखास्त पर्न आएमा कार्यालयले नियम ३९ को उपनियम (२) बमोजिम आवश्यक जाँचबुझ गर्न लगाइ ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही पुन जाँचपास प्रमाणपत्र दिनु पर्नेछ ।